Section 14
अङ्ग झिक्न तथा अङ्ग प्रत्यारोपण गर्न सकिने
यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही आधुनिक चिकित्सा प्रणाली अनुसार व्यवस्थित रुपमा रोगको उपचार गर्ने प्रयोजनको लागि मात्र मानव शरीरबाट अङ्ग झिक्न र एक मानव शरीरबाट अङ्ग झिकीnअर्को मानव शरीरमा प्रत्यारोपण गर्न सकिनेछ ।